तस्करी गर्न अगावै सिमाना इलाकाबाट लाखौँ रुपियाँको सुन उद्धार

राजगञ्ज : जलपाईगढी सदर ब्लकको दक्षिण बेरूबारी ग्राम पञ्चायतको सन्तालपाडा अन्तर्गत सिमाना इलाकाबाट तस्करी गर्न अगावै 446.56 ग्राम सुन उद्धार भएको छ। बीएसएफको 15 नम्बर बटालियनका जवानहरूले हिजो साँझ 4 वटा सुनको बिस्कुट उद्धार गरेको छ जसको ओजन 446.56 ग्राम रहेको छ। जफत गरेको सुनको अनुमानित बजार मूल्य लगभग 24 लाख रुपियाँ रहेको छ। बीएसएफ-का जवानहरूले उक्त सुनको बिस्कुट सिलगढीको कस्टम विभागलाई सुम्पिदिएपछि कस्टम विभागले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *