तस्करी गर्न अगावै एसएसबी-द्वारा भारत नेपाल सिमानाबाट गाई-गोरू उद्धार

नक्सलबारी : भारत नेपाल सिमाना गाई-गोरू तस्करी जारी छ। नेपालबाट भारतमा गाई-गोरू तस्करी गर्न अगावै एसएसबी-ले 5 वटा गाई-गोरू उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पक्राउ गरिएको छैन। उक्त घटना नक्सलबारीको छापुजोतमा घटेको हो। आज बिहानै एसएसबी 8 नम्बर बटालियनका जवानहरूले सिमानामा टहलदारी गरिरहेको समय नेपालबाट एउटा पिकअफ भ्यानमा गाई-गोरू बोकेर भारततर्फ ल्याइरहेको थियो। यसपछि एसएसबी-का जवानहरूलाई देखेर ती 2 जना तस्करले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागेको बताइएको छ। एसएसबी-का जवानहरूले 5 वटा गाई-गोरू उद्धार गरेर नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। नक्सलबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *