तस्करी गर्न अगावै टिक काठ सहित 2 जना पक्राउ

राजगञ्ज : बोतल राखेको बोरामुनि लुकाएर बर्मा टिक काठ तस्करी गर्ने उद्देश्यले लगिरहेको समय वनकर्मीहरूले अभियान चलाएर 2 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू उत्तरप्रदेश निवासी ज्ञान चन्द्र (40) र रोहित गुप्ता (18) सामेल छन्। प्राप्त जानकारी अनुसार बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा वनकर्मीहरूले आज सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको दसदरगा इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा धेरै मात्रामा बर्मा टिक काठ उद्धार गरेको छ। घटनामा ट्रक चालक र खलासीलाई पक्राउ गरिएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार जफत गरेको उक्त काठको अनुमानित बजार मूल्य लगभग 20 लाख रुपियाँ रहेको छ भने उक्त काठ असमबाट कोलकाता तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका आरोपीहरूलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *