तस्करी गर्न अगावै ट्रेनको टोयलेटबाट लाखौँ रुपियाँको गाँजा उद्धार

सिलगढी : गोप्य सूचनाको आधारमा आबकारी विभागले रानी कमलापति स्पेसल ट्रेनबाट लाखौँ रुपियाँको गाँजा उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार अगरतलाबाट आइरहेको रानी कमलापति स्पेसल ट्रेनमा गाँजा तस्करी गरिरहेको गोप्य सुइँको पाएपछि आबकारी विभागले न्यु कुचबिहार स्टेसनबाट छानबीन गर्न शुरू गरे। ट्रेन एनजेपी स्टेसन नजिक आइपुग्दा ट्रेनको एस5 कोचको टोयलेटमा रहेको पानीको ट्याङ्की नजिक गोप्य चेम्बर बनाएको थियो। उक्त चेम्बरमा पानी बद्ली गाँजाको प्याकेट राखेको थियो। आबकारी विभागले त्यहाँबाट 40 केजी गाँजा उद्धार गरेको छ। उद्धार गरेको गाँजाको अनुमानित बजार मूल्य लगभग 7 लाख रुपियाँ रहेको बताइएको छ। यस विषयमा जलपाईगढी डिभिजनका अतिरिक्त आबकारी कमिश्नर सुजित दासले भने, आबकारी विभागको अलिपुरद्वार डिभिजनका टोलीले ट्रेनमा गोप्य चेम्बर बनाएर गाँजा तस्करी गरिरहेको गोप्य सूचना पाएपछि यसैको आधारमा छानबीन अभियान चलाएर धेरै मात्रामा गाँजा उद्धार गरेको हो। उक्त गाँजा त्रिपुराबाट अन्यत्र लगिरहेको थियो भने उक्त घटनामा को-को संलग्न रहेको छ भन्ने विषयमा जाँच शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes