तस्करी गर्न अगावै ट्रकबाट 500 बोरा रासनको चामल उद्धार, एकजना पक्राउ

राजगञ्ज : राजगञ्ज थाना पुलिसले तस्करी गर्न अगावै ट्रकबाट 325 कुइन्टल रासनको चामल सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति कुचबिहारको चरकेरकुठी इलाका निवासी 42 वर्षीय मतियार रहमानको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारी अनुसार मयनागढीबाट एउटा ट्रकमा रासनको चामल तस्करी गर्नको लागि ल्याइरहेको राजगञ्ज थाना पुलिसले गोप्य सुइँको पाएपछि सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुरमा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 500 बोरा रासनको चामल उद्धार गरेको छ। ट्रक चालकलाई चामलको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि तिनलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *