तासटी चिया बगानमा विश्व आदिवासी दिवस पालन

अलीपुरद्वार (निसं): फालाकाटा ब्लकको तासटी चिया बगानमा आज विश्व आदिवासी दिवस मनाइयो। तासटी ट्राइबल डेभलपमेन्ट सोसाइटीको तर्फबाट आज बुधवार विश्व आदिवासी दिवस पालन गरियो। यस अवसरमा तासटी चिया बगानको फुटबल मैदानमा आदिवासी नायक सहिद वीर बिरसा मुण्डा, सिधु कान्हू, कार्तिक उरांव लगायत अन्य वीर सहिदहरूको राखिएको फोटोमा श्रद्धाञ्जलि अर्पण गरियो। यसको साथै तासटी चिया बगानको विभिन्न इलाकामा विविध प्रजातिको 100 वटा रूखका विरूवाहरू पनि रोपियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *