टाटा म्याजिक र मिनी ट्रक ठोक्किँदा दुईजना घाइते

सिलगढी मेडिकल मोड़ संलग्न कदमतलाको चिड़िया मोड़ इलाका नजिक एउटा टाटा म्याजिक र मिनी ट्रक आपस्तमा ठोक्किँदा दुवै वाहनको चालक घाइते भएका छन्। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा दुवै घाइते चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, दुर्घटनापछि पुलिसले दुवै वाहनलाई नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *