टाउकोमा बाल्टी बोकेर पिउने पानीको माग गर्दै डीवाईएफआई-द्वारा विरोध प्रदर्शन

सिलगढी: माकपाको युवा संगठन डीवाईएफआई- का सदस्यहरूले हातमा प्ला कार्ड अनि टाउकोमा बाल्टी बोकेर पिउने पानीको माग गर्दै विभिन्न नाराबाजीको साथमा आज सिलगढी नगर निगममा जोडतोडले विरोध प्रदर्शन गरे। शुद्ध पिउने पानीको मागमा आज डीवाईएफआई-को सिलगढी दक्षिण-पूर्व क्षेत्रीय कमिटीका सदस्यहरूले पनि विरोध प्रदर्शनमा सामेल भएका थिए। संगठनका सदस्यहरूले हातमा प्ला कार्ड तथा टाउकोमा बाल्टी बोकेर नाराबाजी गर्दै पानीको मागमा  विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूसित नगर निगमका जल आपूर्ति विभागका पूर्व मेयर परिषद शरदिन्दु चक्रवर्ती पनि सामेल थिए। सङ्गठनको तर्फबाट बताए अनुसार सिलगढीमा गत केही दिनदेखिपिउने पानीको आपूर्ति सेवा बाधित रहेको छ। यसले गर्दा शहरवासीहरूलाई पिउने पानीको धेरै समस्या भइरहेको छ। पानीको समस्या चाँडै समाधान नगरे बृहद आन्दोलन गर्ने चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *