टी बोर्डका प्रतिनिधिहरूद्वारा मोटोको अनुसन्धान

सुकेपोखरी: जुनियर साइन्स अफिसर (सोयल साइन्स) टी बोर्ड-का राजेश चौहान, रिसर्च पर्सन अशिष्टा शाशङ्कर तथा भाग्यश्री झाको एउटा टोलीले दार्जीलिङ हिल्स स्मल टी ग्रोवर्स एसोसिएसनका चिया उत्पादकको माटोको गुणवत्ता अनुसन्धान गर्न राङभाङ तथा पोख्रेबुङ क्षेत्रको परिभ्रमण गऱ्यो। यसबारे सङ्गठनका सचिव निरूपा गुरूङले बताए अनुसार वैज्ञानिकहरूको उक्त टोलीले माटोबाट बेनिफिसियल माइक्रोप्स निकाल्ने, जुन माइक्रोप्सले माटोलाई मलिलो बनाउने अनि त्यस माइक्रोप्सबाट न्युट्रेन्स तयार गर्ने एवम् त्यस न्युट्रेन्सलाई माटोमा प्रयोग गरिने प्रविधिबारे जानकारी गराउने योजना रहेको छ। उक्त प्रतिनिधि टोलीले एकाधिक उत्पादकको बारीबाट माइक्रोप्स सङ्ग्रह गरेको उल्लेख गर्दै सचिव निरूपा गुरूङले सङ्गठनको पक्षबाट टोलीलाई आभार प्रकट गरिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *