टिस्टा-त्रिवेणी क्याम्पिङ आजदेखि पुनः शुरू

टिस्टा : कोभिडको तेस्रो लहरको कारणले यसै वर्षको गत जनवरी महिनादेखि बन्द रहेको दार्जिलिङ पहाडको एक प्रमुख पर्यटकहरूको आकर्षणको केन्द्र बनेको त्रिवेणी पर्यटक स्थल लगभग 1 महिनापछि आज 3 फरवरीदेखि पुनः सञ्चालनमा आएको छ। कोभिड प्रोटोकल अनुरूप राज्य सरकारले सम्पूर्ण पर्यटन क्षेत्रहरूमा प्रतिबन्ध लगाएपछि टिस्टाको त्रिवेणी क्याम्प पनि बन्द गरिएको थियो। तथापि, लगभग 1 महिनापछि हाल कोभिडको मामिलामा कमी आइरहेको कारणले गर्दा राज्य सरकारले पर्यटन क्षेत्रहरूलाई 70 प्रतिशत छुट दिएको छ। दार्जिलिङ जिल्लाको टिस्टा-रङ्गीतको समागम क्षेत्रमा अवस्थित त्रिवेणी पर्यटन स्थल आजदेखि सञ्चालनमा आएको कुरा त्रिवेणी क्याम्पिङ वेलफेयर सोसाइटीका सभापति आशिष थापाले जानकारी गराएका छन्।


स्मरण रहोस्, उक्त त्रिवेणी स्थलमा क्याम्पिङ चलाउने मोठ 60 भन्दा अधिक एजेन्सीहरू रहेका छन्। तिनीहरूले बताएअनुसार स्थानीय युवाहरूले आ-आफ्नो समूह एजेन्सी खोलेर धेरै दिन अघिदेखि क्याम्पिङ व्यवसाय चलाइरहेको छ। यसले गर्दा स्थानीय युवाहरूको बेरोजगार समस्या धेर थोर समाधान हुनको साथै यहाँका विभिन्न दोकानेहरूले पनि यहीँबाट आर्थिक जोहो गरिरहेका छन्। यहाँ घुम्न आउने पर्यटकहरूले अबदेखि पुनः बुकिङ गर्न सक्ने वेलफेयर सोसाइटीका सभापति आशिष थापाले जानकारी गराउँदै पर्यटन स्थलहरू खुल्ला राख्नेबारे राज्य सरकारको घोषणाप्रति पनि तिनले आभार प्रकट गरेका छन्। राज्य सरकारले जारी गरेको सबै प्रोटोकलहरूलाई पालन गर्दै त्रिवेणी क्याम्पिङ सञ्चालन गरिने पनि तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *