टिस्टा बाढले प्रभावित जनताको पुनर्वास लगायत सबै व्यवस्था गर्न जीटीए असक्षम छ: कल्याण देवान

दार्जिलिङ (निसं): सुके ब्लक अन्तर्गत नागरी-धजे मण्डल समितिको आयोजनामा भाजपाको समर्थन सभा मण्डल अध्यक्ष पुरुण खातीको अध्यक्षतामा धजे बस्तीमा सम्पन्न भयो। उक्त सभामा जिल्ला अध्यक्ष कल्याण देवान, उपाध्यक्ष एलएम लामा, महासचिव सुजेन्द्र राई, भायुमोका राज्य सदस्य सञ्जीव लामा, तकलिङ पेशोक मण्डल अध्यक्ष सैलेन्द्र देवान लगायत नागरी धजे मण्डलका उपाध्यक्ष, महासचिव अनि कार्यकारिणी सदस्यहरू उपस्थित थिए। उक्त सभामा नागरी धजे क्षेत्रका जागरुक र सचेत व्यक्तिहरु नितेन सिरेल, महेश सुब्बा, सुलभ शंकर, टुकछिरिङ लेप्चा, टिकाप्रसाद शर्मा, दिवस लेप्चा, पंकज गदाल अनि मणिकुमार गदाल आदिले भाजपा दलमा समर्थन जनाएका छन्। नयाँ सदस्यहरूलाई जिल्ला अध्यक्ष कल्याण देवानले पार्टीको झण्डा प्रदान गरी सामेल गराएका थिए। यसै अवसरमा बोल्दै भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले टिस्टा बाढद्वारा प्रभावित  जनताको पुनर्वास लगायतका जम्मै व्यवस्था गर्न जीटीए असक्षम रहेको बताएका छन्। तिनले भाजपा राष्ट्रिय दल हो भन्दै भाजपाले हाम्रो राजनैतिक मुद्दा बोकेको छ र भाजपाले नै हाम्रो मुद्दा फत्ते गर्छ भन्ने विश्वासमा हामी छौं भनी बताए। उनले भने, पार्टीको केन्द्रीय नेतृत्वहरुले यसको लागि पहिलेबाट नै वचन दिइसकेको हो। क्षेत्रीय राजनैतिक दलहरुका भूमिका र क्षमता हामीले  विगतका दिनहरूमा देखिसकेका छौं। तर अहिलेसम्म गोर्खा जातिको कुनै समस्या समाधान नहुनुको मूल कारण नै आवश्यकभन्दा दोब्बर हामी आञ्चालिकवादी भएर हो भन्ने लाग्छ। यसैकारण हाम्रो मुद्दाको लागि भाजपाको संगठन  आवश्यक परेको छ।उनले टिस्टा नदीको उग्र बाढले पुर्याएको क्षयक्षति र यसको त्राण, पुनर्वास अनि यातायात र सडक सम्पर्क जडान आदिको विषयमा बोल्दै यो राष्ट्रिय आपदा हो भनी बताए। उनले अघि भने, ‘धेरै जनधनको क्षति भएको छ। यो क्षय क्षतिको पुन: व्यवस्थापन गर्न जीटीए सक्षम छैन। तर जीटीएमा बसेकाहरुले आफ्नो असली ओैकात बुझेका छैनन्। अहिले टिस्टा बाढले पुरयाएको क्षयक्षति र पुनःस्थापना बारे सम्पूर्ण रिपोर्ट जीटीएले सरकारहरुमा बुझाउनुपर्ने हो। तर कुनै पत्तो छैन। जीटीए चिफ् र सभासदहरु नीति तैयार गर्ने ठाउँमा छन्। तर क्षयक्षतिको क्षतिपुरणबारे नीति र कार्यक्रम तैयार गर्न छोडेर चौकीदार जस्तो टिस्टा क्षेत्रमा बसिराखेका छन्। पिढीतहरुका घर निर्माण गर्ने जिम्मा समष्टिका सभासदहरुलाई निर्देश गर्नु भनेको सभासदहरु कमीशनधारी छन् भन्ने प्रमाण हो। घर निर्माण त सरकारहरुमार्फत् जीटीएले गर्नुपर्ने हो। तर उनीहरूमा नीति बनाउने सोंच कहाँ छ? अनित थापाको वक्तव्यले उनको अपरिपक्कता उदाङगो भएको छ। हामी टिस्टा बाढद्वारा पिढीत जनताको पक्षमा सधैं रहेका छौं।भाजपा जिल्ला अध्यक्ष देवानले हामी केन्द्रीय सरकारसित सम्पर्कमा छौं भनी बताए। यसै सभालाई उपाध्यक्ष एलएम लामा र भाजपा युवा नेता सञ्जीव लामाले पनि वक्तव्य राखेका थिए। सभाको शुरुवातमा टिस्टा बामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलिस्वरुप एक मिनटको मौण धारण गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *