टिस्टा क्यानलबाट घाँटी काटेको अवस्थामा युवकको शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं): फुलबारी टिस्टा क्यानलको गहिरो खाल्डोबाट गत आइतबार युवकको घाँटी काटेको शव उद्धार भएको थियो। युवकको परिवारका सदस्यहरूले तिनको हत्या गरेको आरोप लगाएका थिए। मृतक युवकको नाम नितेश राय (29) बताइएको छ। तिनी बेलाकोवाको फकीरढीप इलाका निवासी थिए। नितेश एक महिनादेखि फुलबारी 2 नम्बर ग्राम पञ्चायतको चतुरागछ इलाकामा स्वास्नीसित बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार केही दिन अघि नितेशको आफ्नो एकजना बहिनीसित प्रेम सम्बन्ध भएपछि एक महिनाअघि तिनीहरूले बिहे गरेका थिए। नितेशको स्वास्नी अञ्जलिको यो दोस्रो बिहे हो। तिनको पहिलो लोग्नेबाट एउटा छोरा र छोरी छन्। बिहेपछि तिनीहरू फुलबारी संलग्न चतुरागछ इलाकामा बस्दै आइरहेका थिए। नितेश दिनभरि बेलाकोवामा दोकान गरेपछि राति फुलबारीस्थित घरमा आउने गर्थे। नितेशको स्वास्नी अञ्जलि रायले बताएअनुसार गत शनिबार राति लगभग 10 बजी नितेश बेलाकोवाबाट दोकान गरेर घर आएका थिए। घरमा वाहन राख्ने ठाउँ नभएकोले गर्दा नितेश प्रत्येक दिन झैँ त्यस दिन पनि मेरो घरमा वाहन राख्न गएपछि फर्किआएनन्। रातभरि विभिन्न ठाउँमा नितेशको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि आइतबार बिहान फुलबारी टिस्टा क्यानलबाट नितेशको घाँटी काटेको अवस्थामा शव उद्धार भएको थियो। यसपछि मृतकका परिवार सदस्यहरूले घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो। घटनाको जाँच गरेर दोषीहरूलाई कठोर सजाय दिनुपर्ने परिवारका सदस्यहरूले माग गरेका छन्। अवैध सम्बन्धको कारण युवकको हत्या भएको हो अथवा होइन भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes