टिस्टा क्यानलबाट निखोज व्यक्तिको शव उद्धार

राजगञ्ज : टिस्टा क्यानलबाट निखोज व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार राजगञ्जको साहुडाङ्गी नाउयापाड़ा निवासी दिलीप देवनाथ गत 10 मार्चदेखि निखोज भएका थिए। परिवारका सदस्यहरूले आफन्तकोमा लगायत अन्य ठाउँहरूमा तिनको खोजी गरे तापनि कुनै पत्तो लागेको थिएन। यसपछि परिवारका सदस्यहरूले आमबारी आउट पोस्टमा दिलीप निखोज भएकोबारे प्रथमिकी दर्ता गरेका थिए। आज पुलिसले गोताखोरहरूको सहयोगमा टिस्टा क्यानलबाट निखोज दिलीपको शव उद्धार गरेको छ। शवलाई पोस्टमर्टम गर्नको लागि पठाउको साथै उक्त घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *