टिस्टा कोभिड अस्पताल जाने बाटो पहिरोले क्षतिग्रस्त, गोजमुमो टोलीद्वारा निरीक्षण

टिस्टा: गोर्खा जनमुक्ति मोर्चा 2 टिस्टा शाखाको एउटा प्रतिनिधि टोलीले यहाँको पैह्रोग्रस्त बनेको त्रिवेणी कोभिड अस्पताल पुग्ने बाटोको निरीक्षण गरे। अविरल परेको अधिक वर्षाले टिस्टा त्रिवेणी कोभिड अस्पताल पुग्ने बाटो व्यापक रुपमा क्षतिग्रस्त बनेको छ। एनएचपीसीको बाँध  निर्माणले गर्दा नदीको जलस्तर वृद्धि भएकोले गर्दा बाटो पर्खाल, नाली भत्किएर पाहिरो गएको  दौडाहा टोलीले बताएको छ। यसको साथै निर्माणाधीन पेशोक पुलले गर्दा पनि जताभावी बाटो खनिनाले पाहिरो गएको थाहा लागेको बताइएको छ। जीटीएले एनएचपीसीलाई चाप दिएर झट्टै बाटोको निर्माण गरिदिनु पर्ने प्रतिनिधि टोलीका सदस्यहरूले अपिल गरेका छन्। चाँडै बाटो निर्माण नगरिए टिस्टा त्रिवेणी अस्पतालसित सम्पर्क चुडिने लगभग निश्चित देखिएको छ। पाहिरोले गर्दा त्रिवेणी कोभिड अस्पतालको पानी पाइपको लाइन पुरिएपछि त्यहाँ पिउने पानीको सङ्कट देखा परेकोले जीटीए स्वस्थ्य विभागलाई गोजमुमो प्रतिनिधि टोलीले यस समस्या समाधान गरिदिने अपिल गरेका छन्। दौडाहा टोलीमा गोजमुमो केन्द्रिय समिति सदस्य विशाल राई, टिस्टा शाखा संयोजक शरण छेत्री, सुरेन लोहर, सुशील मंगर, अजय विश्व आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *