टिस्टाको बाढ पीडितहरूलाई मानव उत्थान सेवा समितिद्वारा राहत सामग्री वितरण

टिस्टा (निसं): मानव उत्थान सेवा समिति दार्जिलिङ मण्डल अन्तर्गत दार्जिलिङ, खरसाङ, मिरिक, बिजनबारी, मङ्पु तहसिलद्वारा टिस्टाको बाढ प्रभावित क्षेत्रमा राहत सामग्रीहरू वितरण गरियो। मानव उत्थान सेवा समितिका सन्त महात्माहरू, कार्यकर्ताहरू तथा सेवा दलका प्रतिनिधिहरू उपस्थितिमा टिस्टामा राहत सामग्रीहरू वितरण गरियो। मानव उत्थान सेवा समितिको तर्फबाट बाढ पीडितहरूलाई किचनमा चाहिने विभिन्न सर समानहरू, लुगाफाटा आदि वितरण गरेको दार्जिलिङका संयोजिका सीमा छेत्री र महात्मा शैल बाइजीले बताइन्। आगामी दिनमा पनि फेरि समितिद्वारा राहत सामग्री वितरणमा गरिने द्वयले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *