टिस्टा नदीको जलस्तर कम्ती भए तापनि दोकान तथा सडकहरू नदीमा विलीन भइरहेकोले गाउँलेहरू आतङ्कित

सिलगढी (निसं) : टिस्टा नदीको जलस्तर कम्ती भए तापनि टिस्टा बजार इलाका निवासीहरू हाल आतङ्कित छन्। किनभने टिस्टा देवग्राम इलाकामा एकपछि अर्को गर्दै दोकान तथा राष्ट्रिय राजमार्ग बिस्तारै-बिस्तारै टिस्टा नदीमा विलीन हुँदै जाँदैछ। टिस्टा देवग्रामको हाल स्थिति यस्तो छ। वर्षौँदेखि केही मानिसहरूले यहाँ दोकान चलाएर परिवारको भरण-पोषण गरिरहेका थिए तर आज बिहानैदेखि यहाँको केही दोकानहरू बिस्तारै-बिस्तारै नदीमा विलीन हुँदै गइरहेको छ। टिस्टा नदीको बाढले पहिला नै केही दोकानहरू बगाएर लगिसकेको छ भने बाँकी रहेको केही दोकानहरू पनि हाल बिस्तारै बिस्तारै नदीमा विलीन हुँदै गइरहेको छ। यसले गर्दा स्थानीय मानिसहरू चिन्तित छन्। अब कसरी घर-संसार चलाउने भन्दै तिनीहरूले प्रशासन तथा नेताहरूलाई सहयोग गरिदिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *