टिस्टा नदीले बगाएर ल्याएको सेनाका विस्फोटकहरू निष्क्रिय गरिदिए सेनाका जवानहरूले

जलपाईगढी :  उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर टिस्टा नदीले बगाएर ल्याएको सेनाका विस्फोटकहरूलाई आज सेनाका जवानहरूले निष्क्रिय गरिदिएका छन्। आज सेनाको बम निरोधक दस्ताको एउटा विशेष टीमले जलपाईगढी सदर ब्लक अन्तर्गत रायपुरको टिस्टा नदी तटमा विस्फोटक उद्धार गरेपछि टिस्टा तटमै उक्त विस्फोटकलाई निष्क्रिय गरिदिएको बताइएको छ। जलपाईगढी संलग्न सदर ब्लकको रायपुर टिस्टा नदी तटको विभिन्न ठाउँहरूबाट 5 वटा विस्फोटक उद्धार गरेपछि उक्त विस्फोटकलाई एउटा खाली ठाउँमा लगेर निष्क्रिय गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *