टिस्टा नदीमा डुबेका मगरजोङका राकेश राई अझसम्म निखोज

सुकेपोखरी: सिक्किम रम्फु माझीटारमा कार्यरत दार्जिलिङ जिल्ला सुकेखण्डको मगरजोङ निज गाउँ निवासी 38 वर्षीय राकेश राई गत 1 जनवरीको दिनदेखि निखोज भएका छन्। नयाँ वर्ष मनाउनको लागि रम्फु माझीटार नजिकको टिस्टा खोला किनारमा गएको समय राकेश राई ढुङ्गामा चिप्लिइँदा पानीमा झरेपछि तिनलाई खोलाले बगाएर लगेको बताइएको छ। घटनाको खबर पाएर तत्कालै सिक्किम पुलिस प्रशासन अनि राफ्टिङ टोलीद्वारा तिनको खोज-तलास गरे तापनि हालसम्म तिनी निखोज रहेको बताइएको छ। राकेश राईको परिवारमा तिनकी स्वास्नी, आमा, दुई छोराहरु, दाजु-भाइहरु रहेका छन् भने हालसम्म पीडित परिवारका सदस्यहरू तथा आफान्तजन राकेश राई घर फर्की आउने आशामा बाटो हेरेर बसिरहेका छन्। सिक्किम पुलिस प्रशासन, राफ्टिङ टोली लगायत खोज-तलासको निम्ति सहयोग पुऱ्याइरहेका सबैप्रति आभार प्रकट गर्दै खोज तलास जारी राखिदिने पीडित परिवार पक्षले निवेदन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *