टिस्टा नदीमा डुबेर नाबालकको मृत्यु

जलपाईगढी : टिस्टा नदीमा नुहाउन गएका एकजना नाबालकको नदीमा डुबेर मृत्यु भएको छ। उक्त घटना जलपाईगढीको सारदापल्लीमा घटेको हो। मृतक नाबालक जलपाईगढीको 2 नम्बर घुम्ती इलाका निवासी रोहन पासवानको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान 5 जना नाबालक टिस्टा नदीमा नुहाउन गएका थिए। त्यस समय तीमध्ये दुईजना नदीमा डुबेपछि स्थानीय मानिसहरूको सहयोगमा एकजनालाई सकुशल उद्धार गरे तापनि रोहन पासवानलाई नभेट्टाएपछि अन्तमा तिनीहरूले माछा मार्ने जालको सहयोगमा रोहनलाई उद्धार गर्न सफल भए। यसपछि रोहनलाई तत्कालै जलपाईगढी सुपर स्पेसियलिटी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकले तिनलाई मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *