टिस्टा नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास

टिस्टा : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा बजार नजिक टिस्टा पुलबाट अज्ञात व्यक्तिले हाम फालेर आत्महत्या गर्ने प्रयास गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा पुलबाट अज्ञात व्यक्तिले हाम फालेको स्थानीय मानिसहरूले देखेपछि तत्कालै स्थानीय निखित बस्नेत नदीमा पसेर तिनलाई सकुशल बाहिर निकाल्न सफल भएको बताइएको छ। तथापि, नदीमा डुबेपछि अत्याधिक पानी पेटमा भरिएकोले गर्दा हाल तिनको अवस्था चिन्ताजनक रहेको छ। पुलिसको सहयोगमा उक्त व्यक्तिलाई नजिकैको टिस्टा स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट कालेबुङ जिल्ला अस्पतालमा रेफर गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *