टिस्टा नदीमा नुहाउन गएका नाबालक डुबेपछि निखोज

जलपाईगढी : टिस्टा नदीमा नुहाउन गएका एकजना नाबालक नदीले बगाएर लगेपछि निखोज भएका छन्। उक्त घटना जलपाईगढीको सुकान्त नगर कोलनीको हो। निखोज नाबालक आशिक मृधाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो आशिक र तिनका एकजना साथी नदीमा नुहाउन गएको समय आशिकलाई नदीको तीव्र बहाउले बगाएर लगेपछि निखोज रहेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा नदीमा आशिकको खोजी गरे तापनि कुनै पत्तो लागेन। घटनाको खबर पाएर जलपाईगढी कोतवाली थाना पुलिस र सिभिल डिफेन्सका सदस्यहरू घटनास्थलमा पुगेर नाबालकको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *