टिस्टा नजिक 27 माइलको ड्यामबाट महिलाको शव उद्धार

कालेबुङ : राष्ट्रिय राजमार्ग 10 स्थित 27 माइलको ड्यामबाट आज एउटी महिलाको शव उद्धार गरिएको छ। मृतक महिला गोरूबथान अम्बियोक बस्ती शिताढुंगे निवासी अनिशा राईको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गत 31 जनवरी 2020-को दिन त्रिवेणीमा पिकनिक खेलेर गोरूबथान अम्बियोक बस्ती शिताढुंगे फर्किरहेको समय राति लगभग 10 बजी एउटा अल्टो वाहन 27 माइलमा दुर्घटनाग्रस्त भएर सोझै टिस्टा नदीमा खसेपछि वाहनसँगै 5 जना क्रमैले अनिशा राई लगायत उत्तम राई, देशकुमार राई, प्रयास शाह र अशोक राई (चालक) निखोज भएका थिए। उक्त दुर्घटनाको दुई दिनपछि उत्तम राई र प्रयास शाहको शव वाहनसँगै टिस्टा नदीबाट निकाले तापनि अनिशा राई, अशोक राई र देश कुमार राईको शव वाहनबाट पुनः नदीमै झरेपछि निखोज रहेका थिए। दुर्घटनाको लगभग 13 दिनपछि आज अनिशा राईको शव उद्धार गरे तापनि अशोक राई र देश कुमार राई हालसम्म निखोज छन्। टिस्टा रङ्गीत उद्धार केन्द्रको टिमले लगातार खोजी कार्य जारी राखेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *