टिस्टा नजिक 29 माइलमा 5 जनासँगै वाहन बेपत्ता, टिस्टा नदीमा खोजी कार्य जारी

कालेबुङ: गोरूबथान अम्बियोक बस्ती शिताढुंगेका मानिसहरू गत राति पिकनिक खेलेर फर्कीरहेको समय राष्ट्रिय राजमार्ग 10-को 29 माईलमा WB-02Y8565 नम्बर भएको अल्टो कार बेपत्ता भएको बताइएको छ। उक्त कार सडकबाट सोझै टिस्टा नदीमा झरेको हुनुसक्ने अनुमान लगाइएको छ। उक्त वाहनमा सिताढुंगेको पाँचजना क्रमैले अशोक राई (चालक), उत्तम राई, अनिशा राई,प्रयास शाह र शिशिर राई (डल्लु) सवार थिए। पुलिस र ऱ्याफटिङ टोलीका सदस्यहरूले आज बिहानैदेखि ती निखोज व्यक्तिहरू नदीमा डुबेको आशंका गरेर टिस्टा नदीमा खोजी कार्य शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *