टिस्टा रङ्गीत रेस्क्यु टीमको सहयोगमा टिस्टा नदीमा निखोज ट्रक 2 दिन पछि निकाल्न सफल

टिस्टा: ब्रेक फेल भएपछि गत दुई दिन अघि राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माईलबाट सोझै टिस्टा नदीमा खसेको सिक्किमको एउटा ट्रक आज नदीबाट खोजी निकालिइयो। उक्त ट्रक दुर्घटनामा चालक अनि खलासी भाग्यले बाँचेका थिए। टिस्टा नदीमा डुबेको उक्त ट्रक (WB73C3863)- को गत दुई दिनदेखि लगातार रूपमा खोजी अभियान जारी राखिएको थियो भने अन्तत: आज उक्त ट्रकलाई टिस्टा रङ्गीत रेस्क्यु टीम अनि रम्बी पुलिसको सहायतामा निकाल्न सफल भएको छ। प्राप्त जानकानी अनुसार उक्त ट्रकको मालिक नातनाथ सिक्किम मंगन निवासी रहेको छ। उक्त ट्रक दुर्घटनामा चालक चन्द्रप्रसाद अनि खलासी रितेश थापा भाग्यले बाचेका छन्। टिस्टा रङ्गीत रेस्क्यु दल टिस्टा नदीमा निखोज ट्रकको खोजीमा लगातार लागिपरेपछि ट्रकलाई नदीको लगभग 20 फीट गहिऱ्याइबाट निकल्न सफल भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *