टिस्टा त्रिवेणी अस्पताललाई जीटीएले एउटा स्पेशल अस्पतालको रूपमा सञ्चालन गर्नुपर्छ : अनित थापा

टिस्टा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले टिस्टा त्रिवेणी कोभिड अस्पतालका कर्मचारीहरुलाई भेट गरे। यस अवसरमा तिनले आफु अस्पताललाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै भने, जसरी सरकारी आदेश निकालेर यो स्थानलाई अस्पताल बनाइएको थियो, त्यसरी नै सरकारलाई राम्ररी बुझाएर यो अस्पताललाई निरन्तरता दिनु पर्छ। म न्याय खोजिरहेका कर्मचारीको पक्षमा छु। दुःखको समयमा खोलिएको यो कोभिड अस्पतालले पहाडको धेरै मानिसलाई सेवा पुर्याएको छ। त्यो सेवा दिलाउनुमा यहाँका कर्मचारीहरुको ठूलो देन रहेको छ। तिनीहरूको योगदान अनि सेवाको कदर हुनुपर्छ। त्रिवेणी अस्पताल हाई वे अनि यस क्षेत्रको निम्ति नै लाभप्रद छ भन्दै यो अस्पतालमा दार्जिलिङ अनि कालेबुङ अस्पतालमा नभएको मेडिकल संसाधन जडान गरिएको छ।


 

यो अस्पतालले यहाँ वरिपरिको वासिन्दालाई धेरै फाईदा दिन्छ। यो अस्पताललाई जीटीएले एउटा स्पेशल अस्पतालको रूपमा सञ्चालन गर्नु पर्छ भनी अनित थापाले बताए। कर्मचारीहरूको समस्याको समाधान अवश्य निस्कने छ भन्दै तिनले भने, यहाँको कर्मचारीहरुको मुद्दालाई मैले सम्बन्धित एडमिनिस्ट्रेटर समक्ष उठाइ सकेको छु। कुनै न कुनै समाधानको बाटो अवश्य निकाल्ने छौ। तिनले हाल न्याय खोजी रहेका अस्पतालका कर्मचारीहरुसँग बसेर विचार विमर्श पनि गरे। न्याय अथवा आफ्नो माग राख्न पाउनु सबैलाई अधिकार छ तर आक्रोश देखाएर माग नराख्ने तिनले सबै कर्मचारीहरूलाई सुझाउ दिएका छन्।स्मरण रहोस, कोभिड वैश्विक महामारीको समय अनित थापा जीटीए अध्यक्ष पदमा रहेको समयमा नै त्रिवेणी अस्पतालको सञ्चालन  शुरू गरेका थिए। तर अब त्रिवेणी अस्पताल बन्द गरिने सूचना जारी भएपछि यहाँका कर्मचारीहरुको अनिश्चित भविष्यलाई लिएर चिन्तित बन्दै तिनीहरूले हिजोदेखि धरना शुरु गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *