टिस्टा भेल्ली चियाबारीका सपना शर्मा लेफ्टिनेन्ट पदमा

टिस्टा भेल्ली: तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत पर्ने टिस्टा भेल्ली चियाबारी होल डाँडा निवासी पिता सन्तोष शर्मा अनि माता सावित्री शर्माका छोरी सपना शर्माले बेङ्ग्लोर कमान्ड नर्सिङ कलेजबाट लेफ्टिनेन्ट पद हासिल गरेकी छन्। 27 जनवरी 1998 सालमा जन्मिएकी सपना शर्माले आफ्नो प्रथामिक शिक्षा टिस्टा भेल्ली ज्ञान बिकाश एकेडमी कक्षा चारसम्म अध्ययन गरेपछि गर्ल्स हायर सेकेण्डरी स्कुल कालेबुङबाट 2016 मा जिल्ला टप्पर बन्न सफल भइन्। हुने बिरूवाको चिल्लो पात भने झैं सानो उमेरदेखि नै तिक्ष्ण बुद्धी भएकी सपना शर्माले ओनलाइन ‘एएमएनएस’ आर्मी मेडिकल नर्सिङ स्कुलमा 2016 मा आवेदन भरे, वापत् परीक्षामा 78 प्रतिशत अंक ल्याएर बेङ्ग्लोर कमान्ड नर्सिङ कलेजबाट लेफ्टिनेन्ट पद हासिल गर्न सक्षम बनिन्। हाल सपना शर्मा लखनउ बेस क्याम्पमा कार्यरत् छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *