टिस्टा भेल्ली डीपी साइडमा रक्तदानसँगै स्वास्थ्य जाँच साथै करियर काउन्सिलिङ सम्पन्न

टिस्टा भेल्ली:  रक्तदान नै महा दान हो भन्ने मन्त्रलाई ध्यानमा राख्दै परियोजना सव क्लस्टर  टिस्टा भेल्लीद्वारा टिस्टा भेल्ली डीपी साइड एमएसके स्कूल भवनमा रक्तदानसँगै स्वास्थ्य जाँच, ब्लड ग्रुपिङ, ब्लड सुगर टेस्ट  तथा केरियर काउन्सिलिङको आयोजना गरियो । आजको रक्तदान शिविरमा मोठ 44 जनाले रक्तदान गरे, जसमा 14 जना महिला सामेल थिए।  संग्रह गरेको ब्लड रोटेरी ब्लड ब्याङ्क सिलगढीलाई सुम्पिएको छ । यसैगरी, सिविरमा  मोठ 57 जनाले स्वास्थ जाँच गराए भने 33 जनाले ब्लड ग्रुपिङ तथा 28 जनाले ब्लड सुगर टेस्ट गराएको गोर्खा च्यारिटेबल हस्पिटलका सुरेन प्रधानले जानकारी दिएका छन्।

तिनले दिएको जानकारी अनुसार आज यहाँका नानीहरूलाई होटल म्यानेजमेन्ट, नर्सिङ, पेथोलजी बारेमा पनि विस्तृत जानकारी गराए ।  नानीहरू धेरै उत्साहित देखियो र कति जनाले आउँदो हफ्तादेखि नै कोर्स जोइन गर्ने इच्छुक देखियो ।  नर्सिङ र पेथोलजी बारेमा रिपन गौतमले अनि होटल मेनेजमेन्ट, केबिन क्रीउबारे अलि अन्सारीले जानकारी गराए । आजको कार्यक्रम सफल बनाउन यहाँका प्रेमिला लामा, जीनामित लेप्चा, सुजना सुब्बा, सिदान्त सुब्बा, योगेश छेत्री, सृजन छेत्री, बेलु राई, रिना राई, रुथ तामाङ, बबिता तामाङ र अनिता तामाङले विशेष सहयोग पुऱ्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes