टिस्टा भेल्ली प्राथमिक पाठशाला पहिलो युनिटको शतवार्षिकी कार्यक्रमको उद्घाटन 24 अप्रेलमा भव्य समारोहबीच गरिने

टिस्टा भेल्ली:  दार्जिलिङ जिल्लाको रङ्गली-रङ्गलियट तकदाह ब्लक अन्तर्गत टिस्टा भेल्ली प्राथमिक पाठशाला पहिलो युनिटले यस वर्ष स्थापनाकालको 100 वर्ष पुरा गरेको अवसरमा शतवार्षिकी समारोह विभिन्न कार्यक्रमहरूको साथमा मनाइने भएको छ। दार्जिलिङ जिल्लाकै एउटा पुरानो प्राथमिक पाठशाला रहेकोले टिस्टा भेल्ली प्राथमिक पाठशाला पहिलो युनिटको शतवार्षिकी समारोहको उद्घाटन कार्यक्रम आउँदो 24 अप्रेलको दिन एउटा भव्य रूपमा गरिने भएको छ। शतवार्षिकी कार्यक्रमको पहिलो चरण कार्यक्रम अन्तर्गत यस स्कुलका पूर्व अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई संवर्द्धना जनाइने साथै यस स्कुलका 75 भन्दा अधिक उमेर पुगिसकेका पूर्व विद्यार्थीहरूलाई पनि कार्यक्रममा सम्मान जनाइने आयोजक समितिका सह-सभापति प्राध्यापक मेघनाथ छेत्रीले जानकारी दिएका छन्।

तिनले दिएको जानकारीअनुसार शतवार्षिकी कार्यक्रमको विधिवत् उद्घाटन दार्जिलिङ जिल्ला प्राथमिक पाठशाला बोर्डका अध्यक्ष डा. रोहित शर्माले गर्ने भएका छन्। स्कुलको शतवार्षिकी कार्यक्रमको निम्ति हाल तयारी युद्धस्तरमा भइरहेको साथै प्राथमिक पाठशाला पहिलो युनिटमा सम्पन्न हुने उद्घाटन कार्यक्रममा पूर्व विद्यार्थीहरू जो हाल उच्च ओहदामा रहेकाहरू पनि धेरै संख्यामा उपस्थित रहने बताइएको छ। यसको साथै शतवार्षिकी आयोजक कमिटीद्वारा टिस्टा भेल्ली प्राथमिक पाठशाला पहिलो युनिटको शतवार्षिकी कार्यक्रम अन्तर्गत वर्षभरि नै अन्य सांस्कृतिक, सामाजिक तथा खेलकूद प्रतियोगिताहरूको पनि आयोजना गरिने भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinoslotramobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes