तिहार अघि धेरै मात्रामा प्रतिबन्धित पटेका जफत

नक्सलबारी (निसं): दिपावलीभन्दा ठीक अघि नक्सलबारी पुलिसले लाखौं रुपियाँको प्रतिबन्धित पटेका जफत गरेको छ। प्राप्त जानकारी अनुसार शुक्रवार राति नक्सलबारी पुलिसले नक्सलबारी बजारमा छापामारी अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेकाहरू जफत गरेको छ। तथापि, उक्त घटनामा कसैलाई पनि पक्राउ नगरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आउँदो दिपावलीसम्म विभिन्न बजारमा यो अभियान लगातार जारी रहने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *