तेन्जिङ नोर्गेको 108औँ जन्मजयन्ती सिलगढीमा पालन

सिलगढी : : विश्वको सर्वोच्च पर्वत माउण्ट एभरेष्टमा पहिलोपल्ट पुग्ने पार्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको 108औँ जन्म जयन्ती तथा 69औँ अन्तर्राष्ट्रिय एभरेष्ट दिवस आज सिलगढीमा पालन गरियो। न्याफको पहलमा तथा सिलगढी नगरनिगमको सहयोगमा सिलगढीको दार्जिलिङ मोडस्थित तेन्जिङ नोर्गेको सालिग नजिक एउटा कार्यक्रमो आयोजना गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले फुल माला चढाएर तेन्जिङ नोर्गेलाई श्रद्धा सुमन अर्पण गरे। यसको साथै नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटिया, मेयर परिषद शोभा सुब्बा, 1 र 4 नम्बर बोरो चेयरम्यान गार्गी च्याटर्जी, जयन्त साहा र न्याफ-का सदस्यहरूले तेन्जिङ नोर्गेको सालिगमा फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा मेयर देवले पर्वतारोही तेन्जिङ नोर्गेलाई मरणोपरान्त भारत रत्न पुरस्कारले चाँडै सम्मानित गरियोस् भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *