तेञ्जिङ शेर्पाको 108औँ जन्म जयन्ती सोनादामा पालन, भारत रत्न-द्वारा सम्मान गरिनुपर्ने माग

सोनादा : विश्वको सर्वोच्च पर्वत माउण्ट एभरेष्टमा पहिलोपल्ट पुग्ने पार्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको 108औँ जन्म जयन्तीको अवसरमा सोनादामा शेर्पा समुदायद्वारा एउटा कार्यक्रम आयोजना गर्यो। सोनादा क्षेत्रका सबै शेर्पा समुदायद्वारा सोनादाको शेर्पा गुम्बा परिसरमा विभिन्न प्ला कार्डहरू लिएर प्रदर्शन गर्दै तेञ्जिङ नोर्गेलाई भारतको सर्वोच्च सम्मान भारत रत्न दिनुपर्ने माग पनि गरे।


यस अवसरमा सोनादाको शेर्पा समुदायका दोर्जे शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै आज सोनादा क्षेत्रमा हामी शेर्पा समुदायद्वारा तेञ्जिङ नोर्गे शेर्पाको 108औँ जन्म जयन्ती पालन गरेको बताए। तेञ्जिङ नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्न दिनुपर्छ भन्ने आफूहरूद्वारा माग गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *