तेञ्जिङ शेर्पाको 109 औँ जन्म जयन्ती खरसाङमा पालन

खरसाङ (निसं) : शेर्पा एसोसिएसन खरसाङको आयोजनामा आज यहाँको शेडुप दर्गेलिङ गुम्बा हलमा तेञ्जिङ शेर्पाको 109 औँ जन्म जयन्ती पालन गरियो। उक्त कार्यक्रमको अध्यक्षता शेर्पा एसोसिएसनका सभापति दावा शेर्पाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पा उपस्थित थिए। यस अवसरमा सर्वप्रथम खेन्पो पासाङ दावा शेर्पाको बाहुलीबाट दिप प्रज्वलन साथै केक कटेर कार्यक्रम आरम्भ गरियो। लामा निमा लामाद्वारा तेञ्जिङ नोर्गे शेर्पाको तस्वीरमा खदा अर्पण गरेपश्चात क्रमैले सबैले खदा माला अर्पण गरी जन्म जयन्ती पालन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले तेञ्जिङ शेर्पाको योगदानबारे बताएका थिए। कार्यक्रममा तेञ्जिङ शेर्पाको विषयमा जानकारी पासाङ लकी शेर्पाले दिएका थिइन्। त्यसरी नै सभाध्याक्ष दावा शेर्पाले पनि आफ्नो सम्बोधन राखेका थिए। पासाङ शेर्पाले सञ्चालन गरेको आजको कार्यक्रमा विविध सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *