तेन्जिङ शेर्पालाई भारत रत्न-द्वारा सम्मानित गरिनु पर्ने माग

दार्जिलिङ :  विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्टमा सबैभन्दा पहिला पाइला टेक्ने दिवङ्गत तेन्जिङ नोर्गे शेर्पालाई भारत रत्न-द्वारा सम्मानित गरिनुपर्ने माग फेरि उठान गरेको छ। युनाइटेड शेर्पा एसोसिएसनको एउटा प्रतिनिधि टोलीले दार्जिलिङका भाजपा सांसद राजु विष्ट अनि विधायक निरज जिम्बालाई भेटेर यसबारे माग गर्दै एउटा लिखित ज्ञापन चढाएको बताइएको छ।


भेटघाट अवधि सांसद राजु विष्टले तेन्जिङ शेर्पालाई भारत रत्नले सम्मानित गर्नुपर्ने उक्त माग धेरै पुरानो तथा जायज रहेको कुरा प्रतिनिधि टोलीका सदस्यहरूलाई बताउँदै यसबारे आफूले सक्दो प्रयास गर्ने साथै यस विषयलाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदीसित भेटेर कुराकानी गर्ने आश्वासन दिएका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *