टर्जम चियाबारीमा सड़कको मरमति

सुकेपोखरी : केही वर्ष अघि आरआईडीएफ योजनामार्फत् टर्जम चियाबारीमा बनाइएको रोडको जीर्ण अवस्था साथै सड़क दुर्घटना हुने सम्भावनालाई ध्यानमा राखेर स्थानीय 6 वटा समाज क्रमैले सयपत्री परिवार समाज, कोठी गाउँ सृजना परिवार समाज, त्रिरत्न समाज, उषा समाज, उत्तिसबारी सुनखरी समाज र पच्पन्न हट्टा त्रिभुवन समाज सयुंक्त रूपमा अघि आएको छ। पिप्ली सड़क सुधार समिति गठन गरेर तिनीहरूले प्रत्येक सप्ताह सड़क मरमति गर्ने योजना बनाएको बताइएको छ। यसै बीच सड़कमा सोलिङ लगाउने कार्य भएको पिप्ली सडक सुधार समिति सभानेत्री प्रमिला राईले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *