तेस्रो लिंगीहरूलाई सिलगढीमा कोरोनाको टीकाकरण

सिलगढी: दार्जिलिङ जिल्ला लिगल एड फोरमको आयोजनामा ब्लक मेडिकल अफ् हेड राजगञ्ज र युनिक वेलफेयर सोसाइटीको सहयोगमा आज तेस्रो लिंगी (थर्ड जेनडर)-हरूलाई कोरोनाको दोस्रो टीकाकरण सम्पन्न गरियो। प्राप्त जानकारी अनुसार बारीभाषाको भावेश मोड इलाकामा 25 जना तेस्रो लिंगीहरूलाई कोरोनाको दोस्रो खुराक दिइयो। मयना दास नाम गरेका एकजना तेस्रो लिंगीले बताए अनुसार आफुहरू मध्ये अधिकजसो तेस्रो लिंगीहरूले कोरोनाको भ्याक्सिन लगाइ सकेको छ भने रहल अन्यहरूले पनि पुजा अगावै लगाउने छन्।


दार्जिलिङ जिल्ला लिगल एड फोरमका महासचिव अमित सरकारले बताए अनुसार तेस्रो लिंगीहरूको दोस्रो खुराक पनि पुरा भइसकेको छ। रहल अन्यलाई पनि अब चाँडै भ्याक्सिन लगाइने छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *