तेस्रो लिङ्गीहरूले सिलगढीका मेयर गौतम देवलाई बाँधीदिए राखी

सिलगढी (निसं): आज राखी पूर्णिमा। आज बुधवार बिहान सिलगढीका मेयर गौतम देवलाई तेस्रो लिङ्गीहरूले राखी बाँधीदिए। प्राप्त जानकारी अनुसार आज बिहानै केही तेस्रो लिङ्गीहरू मेयरको घरमा पुगेका थिए। यसपछि तेस्रो लिङ्गीहरूले सिलगढी नगर निगमका मेयर तथा तृणमूल नेता गौतम देवको हातमा राखी बाँधी दिएर मिठाई खुवाए। यस अवसरमा तेस्रो लिङ्गीहरूले भने, मेयरले वर्षभरि नै हामी सबैको ख्याल राख्छन्। यसैले आज हामीले मेयरलाई राखी बाँधिदिएर तिनको राम्रो स्वास्थ्यको कामना गऱ्यौ। अर्कोतिर, मेयरले ती सबै तेस्रो लिङ्गीहरूलाई आफ्नो दाजु-भाई सम्झेर राखी बाँधी दिएकोमा धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *