तेस्रो श्रेणीको छात्र नदीमा डुबेर निखोज, एनडीआरएफ-द्वारा खोजी अभियान जारी

फाँसीदेवा : नुहाउन गएका तेस्रो श्रेणीको छात्र नदीमा डुबेर निखोज भएका छन्। उक्त घटना फाँसीदेवा ब्लकको विधाननगरको मेजमानगछ चेङ्गा नदीमा घटेको हो। निखोज छात्र 9 वर्षीय सूर्य सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो सोमबार शिक्षक दिवसको उपलक्ष्यमा सूर्य स्कुल गएका थिए भने अपरान्ह स्कुलबाट घर फर्किने क्रममा सूर्य साथीहरूसित चेङ्गा नदीमा नुहाउन जाँदा नदीमा डुबेर निखोज भएको बताइएको छ। यसपछि स्थानीय युवकहरूको सहयोगमा सूर्यको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर राति फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगे। यसपछि आज बिहानैदेखि एनडीआरएफ-को टोलीले नदीमा निखोज बालकको खोजी शुरू गरे तापनि हालसम्म बालकको कुनै पत्तो नलागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *