टेस्ट परीक्षामा पास गराइदिने मागमा विरोध प्रदर्शन, 2 जना विद्यार्थी अस्वस्थ्य

सिलगढी : माध्यमिक एवम् उच्च माध्यमिकको टेस्ट परीक्षामा पास गराउने मागमा सिलगढी गर्ल्स हाई स्कुलका विद्यार्थीहरूले आज बिहानदेखि विरोध प्रदर्शन गरे। विद्यार्थीहरूको विरोध प्रदर्शन साँझ पनि जारी रहेको छ। उक्त विरोध प्रदर्शन अवधि 2 जना विद्यार्थी बिमार भएकी छन्। आज बिहान विद्यार्थीको विरोधपछि पनि स्कुल प्रशासनले परीक्षा नदिए पास हुने छैन भन्ने सूचना दियो। यसपछि विद्यार्थीहरूले आफ्नो विरोध प्रदर्शन जारी राखे। यस अवधि माध्यमिकको 2 जना छात्रा बिमार भएपछि सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेर हाल चिकित्साधीन अवस्थामा छन्। उक्त 2 जना विद्यार्थीका अभिभावकहरूले अस्पतालमै स्कुल प्रशासनविरुद्ध क्षोभ प्रकट गरे। स्मरण रहोस्,  सिलगढी गर्ल्स हाई स्कुलमा माध्यमिक र उच्च माध्यमिकको टेस्ट परीक्षामा यस वर्ष लगभग 150 जना छात्राहरू फेल भएका छन्। यसपछि विद्यार्थीहरूले एकपल्ट मौका दिने स्कुल प्रबन्धनलाई माग गरेपछि स्कुल प्रबन्धनले तिनीहरूको पुनः परीक्षा लिइने माग स्वीकार्दै आज पुन परीक्षाको आयोजना गरियो। तर उक्त परीक्षामा लगभग 100 विद्यार्थीले अंश ग्रहण गरे भने अन्य विद्यार्थी तथा तिनका अभिभावकहरूले फेरि परीक्षामा पास गरिदिने माग गर्दै विरोध प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार अन्य स्कुलहरूमा अभिभावकहरूलाई बोलाएर सबैलाई टेस्ट परीक्षामा पास गरिदिएको छ तर सिलगढी गर्ल्स हाई स्कुलमा यस्तो गरेन। यसैले गर्दा आज बिहानैदेखि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *