टेस्ट रिपोर्ट नेगेटिभ आएपछि 13 जना क्वारेनटाइन मुक्त

सोनादा: सोनादाको नाली चउर क्षेत्रमा गत केही दिन अघि कोरोना पोजिटिभ भएर एकजना 72 वर्षीय वृध्दको निधन भएपछि तिनका सम्पर्कमा रहेका 13 जनालाई क्वारेनटाइनमा राखेर स्वाब टेस्ट गरिएको थियो। सबैजनाको टेस्टको रिपोर्ट नोगेटिभ आएपछि तिनीहरूलाई क्वारेनटाइनबाट मुक्त गरिएपछि स्वास्थ रहेको प्रमाण पत्र पनि प्रदान गरियो। यस अवसरमा सोनादा पचेङ समष्टीको पूर्व सभासद महेन्द्र प्रधान, आशाकर्मी, नाली चउर भेट्रेन क्लबका पदाधिकारीहरू र भाइ समाजका प्रतिनिधिहरू उपस्थित थिए। तिनीहरूले मृतकको आत्मा शान्तिको लागि श्रध्दाञ्जली अर्पण पनि गरे। पूर्व सभासद महेन्द्र प्रधानले सहयोग पुऱ्याउने यस क्षेत्रका मानिसहरूनाली चउर भेट्रेन क्लब, भाई समाजका प्रतिनिधिहरू सबैलाई आभार प्रकट गरेका छन्। तिनले सोनादा क्षेत्रलाई कोरोना मुक्त गराउन सबैले सहयोग गरिदिने अपिल गर्दै सरकारी नियमलाई पालन गरिदिने आह्वान् गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *