टेट परीक्षाको शुल्क फिर्ता गर्नु पर्ने माग गर्दै राब्गे राईले पठाए जीटीए चिफ अनित थापालाई पत्र

दार्जिलिङ : टेट परीक्षार्थीहरूको पैसा जीटीए सभाले फिर्ता गर्न पर्ने माग गर्दै राब्गे राईले जीटीए चिफ अनित थापालाई लेखे पत्र। दार्जिलिङ दुई समष्टिको हाम्रो पार्टीको कार्यकर्ता राब्गे राईले समष्टि सभासद अजय एडवर्डसको माध्यमद्वारा हिज शुक्रबार जीटीए चिफ अनित थापालाई पत्राचार गरेको तिनले बताएका छन। पत्रमा राब्गे राईले गत केही वर्ष अघि जीटीएले टेट परीक्षाको आयोजना गरेको तर आज यतिका वर्ष बितिसक्दा पनि आजसम्म जीटीएद्वारा आयोजित टेट परीक्षाको परिणाम आउन नसक्दा परीक्षार्थीहरूको मनमा धेरै प्रकारको प्रश्नहरू उठिरहेको थियो तर यसै बीच भागोप्रमो-को एउटा सभामा पार्टी अध्यक्ष तथा जीटीए चिफ अनित थापाले हामीले टेट परीक्षाको कोशिश पनि गरेका थियौ तर त्यसलाई मान्य गरिएन भन्ने जस्ता स्पष्ट शब्दमा बताएको राईले बताए। तिनले अझ भने, जब जीटीएले आयोजना गरेको टेट परीक्षालाई मान्य गरिएन भने परीक्षार्थीहरूको शुल्क इमान्दारितापूर्वक फिर्ता गरिनुपर्छ। टेट परीक्षाको शुल्क जति सुकै भएता पनि हजारौ परीक्षार्थीहरूले परीक्षाको शुल्क तिरेर परिक्षामा अंश ग्रहण गरेका थिए अनि ती परीक्षार्थीहरूको परीक्षा शुल्क जीटीएले कस्तो प्रकारले हुन्छ फिर्ता गर्नु पर्छ भन्ने राईले माग गरेका छन्। जीटीएको अधीनस्थ स्कूलहरूमा शिक्षक नियुक्तिमा भाइ-भतिजाबाद, नाता, राजनैतिक भेदभवहरू भएको छ, यी विषयमाथि पछिबाट कुरा गरौला तर जीटीएद्वारा आयोजित टेट परीक्षामा परीक्षार्थीहरूसँग विश्वासघात भएको छ भन्दै अरू केही नभए पनि टेट परीक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूको परीक्षा शुल्क जीटीएले फिर्ता गर्नै पर्छ भन्ने माग राब्गे राईले गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *