टेट उत्तीर्ण परीक्षार्थीहरूलाई नियुक्त गरिनुपर्ने मागमा उत्तरकन्या अभियान, पुलिसले रोकिदियो तिनीहरूको र्‍याली

सिलगढी : टेट उत्तीर्ण गरेका परीक्षार्थीहरूले उत्तरकन्यामा अभियान चलाएर आफूहरूलाई नियुक्त गरिनुपर्ने माग गरे। मुख्यमन्त्री ममता ब्यानर्जीले 2014 –मा टेट परीक्षा उत्तीर्ण गरेका 20 हजार परीक्षार्थीहरूमध्ये साढे 16 हजार परीक्षार्थीहरूलाई चाँडै नियुक्त गरिने साथै अन्य रहल परीक्षार्थीहरूलाई चरणबद्ध रूपमा नियुक्त गरिने घोषणा गरेकी थिइन्। तीमध्ये 13 हजार टेट उत्तीर्ण परीक्षार्थीहरूलाई इनक्लुडेड र अन्य रहल परीक्षार्थीहरूलाई नट इनक्लुडेड भनेर जनाइएको थियो। यसैले आज रहल परीक्षार्थीहरूलाई नियुक्त गरिनुपर्ने माग गर्दै टेट उत्तीर्ण परीक्षार्थीहरूले उत्तरकन्या अभियान चलाएको बताइएको छ।


आज सिलगढीको नौकाघाट मोडबाट एउटा र्‍याली निकालेर तीनबत्ती मोड पुगेपछि पुलिसले उक्त र्‍यालीलाई अघि बढ्न दिएन। उक्त अभियानमा उत्तर बङ्गाल लगायत दक्षिण बङ्गालका टेट उत्तीर्ण परीक्षार्थीहरू सामेल थिए। पुलिसले र्‍यालीलाई रोकिदिएपछि टेट उत्तीर्ण परीक्षार्थीहरूले राष्ट्रिय राजमार्गमा विक्षोभ प्रदर्शन गरे। यस अवधि पुलिससित विक्षोभकारीहरूको हातापाई समेत भएको बताइएको छ। यसले गर्दा केही समयको लागि वाहनहरूको चलाचल बन्द रह्यो। यसपछि सबैजनालाई उत्तरकन्या जान नदिए तापनि अन्तमा पाँचजनाको एउटा प्रतिनिधि टोलीले उत्तरकन्यामा गएर एउटा ज्ञापन पत्र चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *