ठगीको आरोपमा सिलगढीमा नकली महिला कन्सटेबल पक्राउ

सिलगढी : सिलगढीमा एकजना सिभिक भोलिन्टियर महिला कन्सटेबलको ठगीको सिकार भएको घटना प्रकाशमा आएको छ। प्रधाननगर थानामा ठगीको मामिला दर्ज गरेपछि यसको उजागार भएको छ। सिलगढी जङ्क्शन ट्राफिकमा कार्यरत सिभिक भोलिन्टियर असिम सरकारले महिलाद्वारा ठगिएको मामिला दर्ता गरेको छ। प्राप्त जानकारीअनुसार एकजना महिला कन्सटेबलले असिम सरकारलाई प्रेम जालमा फँसाएर बिहे गर्ने प्रलोभन देखाउँदै ठग्ने गरेको बताइएको छ। असिमलाई लक्ष्मी राय नाम गरेको उक्त महिला कन्सटेबल होइन भन्नेबारे थाहा नभएको साथै प्रेमिका लक्ष्मीलाई लिएर सन्देह लागेपछि तिनले छानबीन शुरू गर्दा लक्ष्मी विवाहित रहेको अनि तिनको दुईवटा नानी रहेको थाहा पाए।


यसपछि असीम सरकारले लक्ष्मी रायविरुद्ध ठगीको आरोप लगाउँदै प्रधाननगर थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा प्रधाननगर थाना पुलिसले मामिलाको छानबीन शुरू गरेपछि लक्ष्मी राय नाम गरेकी महिला कुचबिहारको घोक्साडाङ्गा थानामा कार्यरत रहेको थाहा पाए। तर तिनको नामको फाइदा उठाएर अर्की एउटी महिलाले लक्ष्मी रायको नाममा नकली आईकार्ड बनाएर सिलगढीमा घुमफिर गरिरहेको छ। यसपछि पुलिसले गत राति लक्ष्मी रायलाई पक्राउ गरेपछि सोधखोज गर्दा  आरोपी महिलालाई कुचबिहारमा रहने आफ्नो एकजना साथीले तिनलाई उक्त नकली आईकार्ड बनाएर दिएको तर आफूले कसैलाई नठगेको बताइन्। अर्कोतिर, सिलगढी मेट्रोपलिटनको वेस्ट जोनका एसीपी चिन्मय मित्तलले बताएअनुसार आरोपी महिलाविरुद्ध एकजना सिभिक भोलिन्टियरलाई ठगीको मामिला दर्ता गरेको थियो। यसैको आधारमा उक्त महिलालाई पक्राउ गरेको हो। उक्त महिलाबाट पुलिसले महिला कन्सटेबलको एउटा नकली आईकार्ड उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *