ठगीको मामिला : असमको सीआईडी-ले 9 वर्षपछि सिलगढीबाट पक्रियो मुख्य आरोपीलाई

सिलगढी : असम सीआईडीले ठगीको मामिलामा सिलगढीबाट एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति 52 वर्षीय सत्यनारायण ब्यानर्जी उर्फ् वीके चौधरीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी गत 5 मई 2014-मा असममा ठगीको मामिलामा एउटा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले धेरैजना व्यक्तिलाई पक्राउ गरे तापनि यसको मुख्य आरोपीलाई पुलिसले पक्रिन सकेको थिएन। यसपछि उक्त ठगीको मामिलाको जाँच गर्ने दायित्व असम सीआईडीलाई सुम्पेपछि सीआईडीका टोलीले जाँच अवधि आरोपीको फोन लोकेसन ट्रेस गर्यो। तिनको फोनको लोकेसन सिलगढी देखाएपछि असमबाट सीआईडी टोली सिलगढी आएर गत राति पानीट्याङ्कीबाट उक्त आरोपी व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। आरोपी व्यक्तिले सिलगढीमा आफ्नो नाम परिवर्तन गरेर बस्दै आइरहेकोले गर्दा असम सीआईडीलाई उक्त व्यक्तिलाई पक्रिन 9 वर्ष लाग्यो। यस सम्बन्धमा सिलगढी अदालतको सरकारी पक्षका वकील सुदीप राय बासुनियाले बताएअनुसार असम सीआईडीले वर्ष 2014-को ठगीको मामिलामा सिलगढीबाट सत्यनारायण ब्यानर्जीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर तिनलाई साथमा असम लग्यो भने आज नै आरोपीलाई असमको गुवाहाटी अदालतमा पेश गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *