ठाकुर पञ्चानन बर्माको पुण्यतिथिमा भाजपा खोरीबारी बुढागञ्ज मण्डल-द्वारा कार्यक्रमको आयोजना

खोरीबारी : भाजपा खोरीबारी बुढागञ्ज मण्डलको तर्फबाट ठाकुर पञ्चानन बर्माको पुण्यतिथिमा एउटा कार्यक्रमको आयोजना गरियो। दोहागढीस्थित पञ्चानन मोड़मा स्थापित ठाकुर पञ्चानन बर्माको सालिगमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। कार्यक्रममा भाजपा नेशनल काउन्सिल मेम्बर गणेश चन्द देवनाथ, युवा मोर्चा मण्डल अध्यक्ष तरुण कुमार सिंह, किसान मोर्चाका अध्यक्ष प्रदीप बर्मन, मण्डल उपाध्यक्ष अरुण दास, सन्तोष जायसवाल लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा नेशनल काउन्सिल मेम्बर गणेश चन्द देवनाथले ठाकुर पचानन बर्मा राजवंशी सम्प्रदायको प्राण पुरुषको रूपमा परिचित रहेको भन्दै राजवंशी समाजमा तिनको विशेष महत्व बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *