थामी सांस्कृतिक विकास संघ मिरिक महकुमा समितिको सभा

मिरिक : थामी समुदायको सर्वाङ्गीन विकास गर्ने उद्देश्य लिएर गठन गरिएको  थामी सांस्कृतिक विकास संघ मिरिक महकुमा समितिले आज मिरिक बजारस्थित शुक्रता भवनमा एउटा महत्वपूर्ण सभाको आयोजना गर्यो। उक्त सभामा थामी जातिको भाषा-साहित्य, संस्कृति, संस्कार, परम्परा, रीति-रिवाज अनि  भेषभूषाको संरक्षण एवम् सम्वर्द्धन गर्ने दिशामा सक्रियताको साथमा कार्य गर्ने निर्णय लिइएको बताइएको छ। पश्चिम बङ्गाल थामी विकास एवम् सांस्कृतिक बोर्डका उपाध्यक्ष शेर बहादुर थामी (शेरा)-को अध्यक्षतामा सम्पन्न सभामा संगठनका सम्पूर्ण पदाधिकारीहरू उपस्थित थिए। उक्त सभालाई सम्बोधन गर्दै  उपाध्यक्ष शेरबहादुर शेराले भने- “संघको मूल उद्देश्य नै थामी जातिको उत्थान गर्नु हो।” थामी जातिको सामाजिक उन्नतिको निम्ति पश्चिम बङ्गाल राज्य सरकारले प्रदान गरेको विकास बोर्ड मार्फत् निम्नभन्दा निम्न अवस्थामा बसोबास गर्दै आइरहेका थामी समुदायका मानिसहरू घर निर्माण गरिनुपर्ने तथा बोर्डलाई सुचारु रूपमा सञ्चालन गर्नको निम्ति सम्पूर्ण थामी समुदाय लागि पर्नुपर्ने तिनले बताए। उक्त सभामा संघका अन्य पदाधिकारीहरू भक्त थामी, अनुप थामी, अनिता थामी  लगायत अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes