ठाउँहरूको नाम परिवर्तनलाई लिएर मेयर र मन्त्रीमाझ तर्क वितर्क

सिलगढी : सिलगढी नगरनिगमको मेयर अशोक भट्टाचार्य र मन्त्री गौतम देवमाझ एकपल्ट फेरि तर्क-वितर्कलाई लिएर चर्चामा आएको छ। सिलगढी सहरको धेरै ठाउँहरूको नाम परिवर्तनलाई लिएर मेयर अशोक भट्टाचार्यले राज्यका पर्यटन मन्त्री गौतम देवमाथि कटाक्ष कसे। स्मरण रहोस्, हालै एउटा पत्रकार सम्मेलन अवधि मन्त्री गौतम देवले नगरनिगम इलाकाको कुनै पनि सड़क र ठाउँहरूको नाम परिवर्तन गर्नको लागि राज्य सरकारको स्वीकृति आवश्यक रहे तापनि सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले राज्य सरकारको अनुमतिबिनै सड़कहरूको नाम परिवर्तन गरेको बताए। यसै परिप्रेक्ष्यमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर मेयर अशोक भट्टाचार्यले मन्त्री गौतम देवको अस्तित्व अब संकटमा परेको बताए। एकपछि अर्को गर्दै तिनलाई राजनैतिक पदहरूबाट हटाइरहेको दावी गर्दै यसप्रति होइन तर आफूप्रति ध्यान दिनुपर्ने मेयरले तिनलाई सुझाउ दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *