ठेका श्रमिकहरूलाई रेलवे विभागद्वारा कोरोनाको खोप लगाइने

सिलगढी : रेलवे विभागले ठेकामा काम गर्ने श्रमिकहरूलाई कोरोनाको भ्याक्सिन लगाउने निर्णय लिएको छ। एनएफ रेलवे अन्तर्गत एनजेपीका लगभग 4 सय ठेका श्रमिकहरूलाई कोरोना खोप लगाइने भएको छ। स्मरण रहोस्, गत जुन महिनामा ठिका श्रमिकहरूले कोरोनाको भ्याक्सिन लगाउने माग गर्दै एनजेपी शाखाको आईएनटीटीयुसी-ले रेलवे अधिकारीलाई एउटा ज्ञापन पत्र चढाएको थियो। उक्त मागलाई स्वीकार गर्दै रेलवे विभागले ठेका श्रमिकहरूलाई कोरोनाको खोप लगाउने भएकोले एनजेपी शाखाको आईएनटीटीयुसी-का संयोजक सुजय सरकारले रेलवे विभागप्रति धन्यवाद जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *