थेलेसिमिया औ विकलाङ्ग सेवा समितिद्वारा स्वामी विवेकानन्दको जन्मजयन्ती पालन

सिलगढी : थेलेसिमिया औ विकलाङ्ग सेवा समितिको तर्फबाट आज स्वामी विवेकानन्दको जन्मजयन्ती पालन गरियो। राज्यमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारद्वारा कोरोना सम्बन्धी केही प्रतिबन्ध लागू गरेकोले गर्दा सामान्य रूपमा विवेकानन्दको जन्म जयन्ती पालन गरियो। सिलगढीको झङ्कार मोडमा संगठनको तर्फबाट स्वासमी विवेकानन्दको सालिगमा माला तथा पुष्ण अर्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पित गरियो। यसको साथै आवश्यकमन्द मानिसहरूलाई मास्क, सेनिटाइजर तथा कम्बल पनि वितरण गरियो। यस अवसरमा डा. शीर्षेन्दू पाल, अशोक चक्रवर्ती, बिमल बनिक लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *