तीनधारे समष्टिबाट हाम्रो नयाँ गोरेटोको अभियान सुरु: अनित थापा

खरसाङ: खरसाङको तीनधारे समष्टिलाई प्रथम शिलान्यासको समष्टि रोजेको कारण हाम्रो नयाँ गोरेटोको अभियान यहींबाट नै सुरु गरेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले बताए। तिनले भने, विगतको दिनमा हामीले चुनाउहरु हारे तापनि यसपालीको चुनाउमा यस समष्टिको कुनै पनि बुथमा पनि हामी हारेनौ। हामीले चुनाउ प्रचारको समय यस क्षेत्रको पिउने पानीको समस्या समाधान गर्ने वाचा गरेका थियौं। यसर्थ जीटीएको प्रमुख कार्यपालको दायित्व सम्हाले पछि प्रथम शिलन्यास नै यस समष्टिबाट सुरु गरेको छु। आज 5 करोड 53 लाख रकम भएको 14 वटा कामको शिलान्यास गरेको तिनले जानकारी दिँदै यसपाली हामी जति पनि काम गर्नेछौ सबै काम घर-घरले थाहा पाएको हुनुपर्छ, प्रत्येक काममा पारदर्शिता हुनुपर्छ भनी बताए। अबको केही महिनामा यस क्षेत्रमा 50 करोडको पानीको काम आउनेवाला छ भन्ने जानकारी गराउँदै अबको केही समयमा यस समष्टिको प्रत्येक घरले पानी पाउनेछन् भनि अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *