टाइगर हिल क्षेत्रमा हिमपात, दार्जिलिङमा बढ्यो जाडो

दार्जिलिङ : नयाँ वर्ष लाग्नसाथ दार्जिलिङ पहाडमा तापक्रम घट्नको साथै निक्कै जाडो बढेर गएको छ। गत दुई-तीन दिन अघिदेखि पहाडमा शीत लहर चल्नको साथै हिजो साँझपखदेखि यहाँको टाइगर हिल क्षेत्रलगायत सन्दकपु, फालुट तथा अन्य उच्च स्थलहरूमा हिमपात शुरू भएको छ। उक्त हिमपातपछि दार्जिलिङ क्षेत्रमा जाडो बढेर गएकोले बजारमा आज मानिसहरूको घुइँचो निक्कै कम देखियो भने अधिकजसो मानिसहरूले आगो तापेको देखियो। यसैगरी, सिक्किम राज्यको विभिन्न उच्च क्षेत्रहरूमा पनि व्यापक हिमपात पर्नको साथै त्यहाँको तापक्रम घटेकोले जाडो बढेर गएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.